ओखलढुंगाको लिखु गाउँपालिकामा पहिलोपटक भेटियो कोरोना संक्रमित

1100530694covid 19 test

ओखलढुंगा । प्रदेश नं. १ को ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमित भएका छन् । पहिलो पटक संक्रमण देखिएका २८ वर्षीय युवा लिखु गाउँपालिकाका हुन् ।

उनी एक साताअघि भारतको गोरखपुरबाट लिखु आएका थिए । संक्रमण पुष्टि भएका युवा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा छन् । उनी गोरखपुरबाट आएपछि सिधै क्वारेन्टाइनमा राखिएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म १ सय १४ जनाको पीसीआर परीक्षण गरिएको छ । ५ सय २५ जनाको आरडीटी परीक्षण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले संकलन गरेको स्वाबको पीसीआर परीक्षणको आइतबार रिपोर्टमा एक युवामा कोरोना पोजिटिभ देखिएको हो ।जिल्लाबाट पठाइएको ६ जनाको स्वाबमध्ये एक युवामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...