तीन सातामा ३ हजार १ सय ८ जना नेपाल फर्किए अलपत्र परेका नेपाली

Farkiye nepali

काठमाडौं । कोरोनाको सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो ।

विभिन्न देशमा अलपत्र परेका नेपालीहरु मध्ये अलपत्र तीन हजार १ सय ८ जनाको उद्धार भएको छ । नेपाल सरकार र गैरआवासीय नेपाली संघको तीन हप्तामा मात्रै तीन हजार १ सय ८ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

शुक्रबारसम्म मलेसियाबाट १ सय १८, युएईबाट ३ सय १७, कुवेतबाट ८ सय ९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको छ ।

बङ्गलादेशबाट २ सय ५८ जना, ओमानबाट ३ सय १३, माल्दिभ्सबाट ३ सय ५, कम्बोडिया र सिङ्गापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् । कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १ सय ५३ र दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।

अझैं लाखौं नेपाली घर फर्किने तयारीमा छन् । अहिले दिनहुँ नेपाल फर्किनेहरुको लर्काे नै लागेको छ । पछिल्ला केही दिनमा कोरोना संक्रमण बढिरहेका कारण रोजगारी गुमेपछि नेपाल फर्किनेको संख्या बढेको हो ।

प्रतिकृया दिनुहोस