उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण

काठमाडौं । उत्तर कोरियाले शुक्रवार दुईवटा प्रोजेक्टाइल परीक्षण गरेको छ । हालैका दिनमा प्योङयाङले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । दक्षिण कोरियाली सेनाले ती प्रोजेक्टाइलहरू तोङचोन शहरबाट प्रक्षेपण गरिएको र सी अफ जापानमा विसर्जन गरिएको बताएको छ । 

एक महिनामा गरिएको यो छैठौं परीक्षण हो । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासविरुद्ध चेतावनी दिन हतियार प्रक्षेपण गरेको उत्तर कोरियाका नेता किम जोङ–उनले बताएका छन् । युद्धाभ्यासले उत्तर कोरियालाई जहिले पनि चिढ्याउने गरेको छ । आफूमाति आक्रमण गर्नका लागि यो अभ्यास गरिएको उसको भनाइ छ । 

आणविक कूटनीतिमा ढिलाइ भइरहेकोले वाशिङटन र सउललाई दबाब दिन उत्तर कोरियाले समुद्रमा पुग्ने गरी क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो प्रोजेक्टाइल कस्तो किसिमको हो भन्ने खुलाइएको छैन तर उत्तर कोरियाका हतियारहरूको स्तर बढ्दै गएको विश्लेषकहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...