खण्डग्रास सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेट जाँदा सकियो, यस्तो देखियो आकास

Grahan 1

काठमाडौं । खण्डग्रास सूर्यग्रहण सकिएको छ । नेपालमा १० बजेर ५० मिनेट जाँदा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेट जाँदा सकिएको छ ।

खगोलविदका अनुसार नेपालको लिपुलेक क्षेत्रबाट करिब ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिएको थियो भने अन्य क्षेत्रबाट ८८ प्रतिशतसम्म ढाकिएको ग्रहण देखिएको थियो ।

तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको थियो ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...