प्रधानमन्त्री भन्छन्, महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण

Kp oli 7

काठमाडौं । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।

प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।

छैटौँ अन्तरराष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनका लागि निकै उपयोगी रहेको भन्दै यसलाई जीवनकै अङ्ग बनाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताए । उनले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिए मात्र निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने बताए ।

‘तनाव, अवसाद, द्वेष, ईश्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डो¥याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ’ उनले भने, ‘योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पु¥याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ ।’

योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्ने भन्दै सन्देशमा उनले मन, शरीर र कर्मको दूरी हटाई एकाग्रता प्रदान गर्नु योग भएको बताए ।

प्रधानमन्त्रीले योग साधनाले तनाव व्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान् बनाउन मद्दत पुर्‍याउने बताए । यहाँका वनस्पतिमा रहेको यौगिक प्रभावकारिताबारे आधुनिक विज्ञानका सोध ग्रन्थहरुमा पनि चर्चा गरेको उल्लेख गर्दै सन्देशमा उनले प्राच्य दर्शनमा अपनाइएको योग पद्धतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको बताए ।

प्रधानमन्त्रीकाे शुभकामना सन्देश (जस्ताकाे तस्तै)

शुभकामना
छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु । योग साधनामा समाहित तमाम साधक-साधिका र योग गुरुहरुलाई यस दिवसका अवसरमा विशेष शुभकामना भन्न चाहन्छु ।

योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो । सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ । हामीले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने परम्परा समेत थालनी गरेका छौं । मानसिक अन्तर्यात्रा मार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको छ । तनाव, अवसाद, द्वेष, ईश्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डो¥याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ । योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पु¥याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ ।

योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्दछ । मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो । योग साधनाले तनाव ब्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान बनाउन मद्दत पु¥याउँछ । हाम्रो प्राचीन शास्त्रमा अष्टाङ्ग योगबारे उल्लेख गरिएको छ । जसमा योगका आठवटा चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको साधनाबारे ब्याख्या छ । भगवत गीतामा श्रीकृष्णले बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते, तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् भनी योगलाई मोहको त्याग र कर्मको कुशलताका रुपमा ब्याख्या गरेका छन् ।

हाम्रो देश आदिकालदेखि ऋषिमुनि तपस्वीहरुको पवित्र साधनास्थल हो । प्राचीन कालमा यस भूमिमा ऋषिमुनिहरुले ध्यान, आध्यात्मिक चिन्तन एवं आयुर्वैदिक पद्दतिको विकास गरेका थिए । आयुर्वेदका मुख्य ग्रन्थमध्येको चरक संहितामा आयुर्वेदको सिद्धान्त हाम्रै हिमालय क्षेत्रमा ऋषिमुनिहरुको सम्मेलनले प्रतिपादन गरेको कुरा वर्णित छ र संहितामा हिमालय क्षेत्रका वनस्पति अरु क्षेत्रका भन्दा प्रभावकारी वा गुणकारी भएको उल्लेख गरिएको छ । आयुर्वेदमा कायचिकित्सा, शल्यचिकित्सा, शालाक्य, कौमारभृत्य, अगदतन्त्र, रसायन, वाजीकरण, भूतविद्या गरी आठ अङ्ग छन् । शल्यचिकित्साको सबै भन्दा पुरानो ग्रन्थ मानिने महर्षि सुश्रुतको सुश्रुत संहितामा शल्यचिकित्साका प्रक्रिया र औजारहरु बारे वर्णन छ । योग शास्त्र र आयुर्वेदमा हाम्रो क्षेत्रका औषधीय बनस्पतिको वर्णनबाट योगलाई आधुनिक चिकित्सकीय ज्ञानको स्रोत र यहाँका बनस्पतिलाई औषधिको स्रोतका रुपमा बुझ्न सकिन्छ । यहाँका बनस्पतिमा रहेको यौगिक प्रभावकारिताबारे आधुनिक विज्ञानका सोध ग्रन्थहरुमा पनि चर्चा गरेको पाइन्छ । अर्थात् प्राच्य दर्शनमा अपनाइएको योग पद्दतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको छ ।

यतिबेला सिंगो विश्व सँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधीरहेका छौं । यस्तो बेला औषधीय गुणयुक्त आहर, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन् । यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ । आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं । समृद्ध नेपाल–सुखी नेपालीे हाम्रो राष्ट्रिय आकाङ्क्षा छ । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन् । अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।

अन्त्यमा, छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

केपी शर्मा ओली
७ असार, २०७७

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...