गण्डकी प्रदेशका ४ जिल्लामा १६ जनामा थप कोरोना संक्रमण, स‌ंक्रमितको संख्या ५ सय ४ पुग्यो

Corona test

पोखरा । आइतबार बिहानै गण्डकी प्रदेशका ४ जिल्लाका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पुगेको हो ।

आइतबार बागलुङ, म्याग्दी, पर्वत र तनहुँका व्यक्तिहरूमा सङ्क्रमणको पुष्टि भएको हो । जसमा बागलुङको गल्कोट नगरपालिकाका २१, २२, २२ र २६ वर्ष उमेरका ४ जना पुरुष, ढोरपाटन नगरपालिकाका ४८ वर्षीय १ जना पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ वर्षका ३ जना पुरुष र बागलुङ नगरपालिकाका २१ वर्षीय १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

आइतबार म्याग्दीको रघुगंगा गाउँपालिकाका ३० र ९ वर्षीय उमेरका २ जना महिला र २० वर्षीय पुरुष १ जना गरी ३ जना तथा मंगला गाउँपालिकाका २० वर्षीय १ जना पुरुष गरी ४ जना थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार पर्वतको कुस्मा नगरपालिकाका २७ र ३२ वर्षीय २ जना पुरुष र तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय १ पुरुषमा पनि सङ्क्रमणको पुष्टि भएको छ ।

गण्डकीका ५ सय ४ जना सङ्क्रमितमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ । यसअघि शनिबार मात्रै गण्डकीमा १ सय ८ जना सङ्कमित थपिएका थिए ।

जिल्लाका क्वारेन्टाइनहरुमा रहँदै आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा लैजाने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस