समाजवादी कांग्रेसले बनायो राजासहितको आफ्नै नयाँ संविधान

Samajbadi congres

काठमाडौं । २०७२ को संविधान विभेदित र असंवैधानिक भएको भन्दै नेपाल समाजवादी कांग्रेसले नयाँ संविधानको मस्यौदा तयार गरेर छलफल सुरु गरेको छ ।

देश बचाउन संघीयताको खारेजी र धर्मनिरपेक्षताको खारेजी अनिवार्य भएको भन्दै नयाँ संविधान जरुरी रहेको भन्दै कांग्रेसले आफ्नै संविधानको खाका बनाएर छलफल थालेको हो ।

सो पार्टीले शनिबार नयाँ बानेश्वरस्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टीले बनाएको संविधानको खाकामाथि छलफल गरेको छ । सो पार्टीका अध्यक्ष गोविन्द निरौलाले भाग २७ र धारा १६२ रहेको संविधान पेश गरे ।

पार्टीको केन्द्रीय समितिको बैठकले संविधानको खाका तयार पार्ने जिम्मा अध्यक्ष निरौलालाई नै दिएको थियो । नयाँ संविधानको खाँचो परेको खण्डमा संविधान जारी गर्छौं भन्दै निरौलाले वर्तमान सरकारले जनताको भावनाको सम्वोधन नगर्ने र देशको विकास पनि सम्भव नभएको टिप्पणी गरे ।

उनले भारतले मिचेको नेपालको भूभाग फिर्ता गर्छु भनेर सरकारले भनिरहे पनि विश्वास गर्ने आधार नभएको नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले आरोप लगाए । उनले यसअघि पनि धेरै प्रधानमन्त्री र शासकले भूमि फिर्ता गर्छु भने पनि नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पनि यस प्रकरणमा असक्षम हुने दावी गरे ।

सो पार्टीका सचिव मानबहादुर गुरुङका अनुसार पार्टीले बनाएको संविधानमा अङ्गीकृत नागरिकताको प्रावधान हटाईने, विवाह भएर आएको चेलीलाई १० वर्षपछि मात्र वैवाहिक नागरिकता दिने, संबैधानिक अंङ्गका पद, प्रधानमन्त्री, मन्त्री, निजामती तथा फौजी कर्मचारी, साथै जुनसुकै तहा.का जनप्रतिनिधि हुन वंशज नागरिक अनिवार्य रहने व्यवस्था गरेको छ ।

सो पार्टीले राष्ट्र प्रमुखमा राजसंस्था, राष्ट्रप्रमुखलाई श्री ५ महाराज भन्ने शब्द राखिने उल्लेख गरेको छ । शनिबार सार्वजनिक गरेको संविधानको खाकालाई देशभरका पार्टी सदस्यसम्म छलफलमा लगिने बताइएको छ । सो पार्टीले लामो समयदेखि संवैधानिक प्रजातन्त्रको कुरा उठाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...