प्रहरी प्रमुख १२ हजार घुस रकम सहित पक्राउ

Ram balak ray

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम बालक राय घूस रकमसहित पक्राउ परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले रायलाई ठेकेदारसँग १२ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख बसन्तकुमार लामाले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको प्रहरी नायब महानिरीक्षक (डिआइजी) लामाले जानकारी दिएका छन् ।

प्रदेश प्रहरी कार्यालयले घूस रकमसहित पक्राउ परेका रायलाई निलम्बन गरेको छ । उनलाई पक्राउ गर्न प्रदेश प्रहरी कार्यालयले विशेष टोली पठाएको जनाइएको छ ।

रायलाई प्रदेश प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ ।

‘प्रहरी निरीक्षक रायलाई घुस लिँदै गरेको अवस्थामा प्रदेश प्रहरीको टोलीले पक्राउ गरेको हो’, डिआइजी लामाले भने । रायविरुद्ध दैनिक जसो घूस लिने गरेको उजुरी प्रदेश प्रहरी कार्यालयमा परेको जनाइएको छ ।

रायलाई भीमफेदी गाउँपालिका-६ मा रहेको सगरमाथा होटलबाट ठेकेदार दुर्गा लामासँग घूस लिँदै गर्दा प्रहरीले पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...