अन्तरजातीय विवाहको पीडा : बाउको जुठो बार्दा स्वीकारेन परिवार र समाजले, आएनन् पुरेत

Kerabari news chuwachut

केराबारी (मोरङ) । उत्तरी मोरङको केराबारी गाउँपालिका वडा नं. ६ स्थित अमृत चोक माइत भएकी अञ्जु पुरीले पाँचथरको फिदिम–९ लुङ्रुपाका सुवास दर्नालसँग २०६९ मा प्रेम विवाह गरेकी थिइन् ।

जेठ २९ गते राती ९ बजे अन्जुका वुवा शमसेर पुरीको निधन भएपछि काठमाडौं बस्दै आएका सुवास र अन्जु जेठ २९ गते राती ९ बजे सिन्धुलीको बाटो हुँदै केराबारी आइपुगे ।

केरावारीसम्म आइपुग्न उनीहरुले १८ हजार रुपैयाँ तिरे । अञ्जुलाई पैसा भन्दा ठूलो कुरा वुवाको मृत्युको पीडा धेरै थियो । वडाध्यक्षको सहजीकरणमा कोरोना परीक्षणपछि अञ्जु जुठो बार्न बसिन् । उनी आफ्नो माइती घरको आँगनमा टेक्न पाइनन्, माइतीकै गोठमा बसेर जुठो बार्न थालिन् ।

गोठमा बसेर जुठो बारेको खवर सार्वजनिक भएपछि शुक्रबार दलित जनअधिकार मञ्च तथा साथी फाउण्डेसनकी अध्यक्ष शान्ति गजमेरको नेतृत्वमा गएको सो टोलीमा राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्मा, उपाध्यक्ष खड्ग बेदना, दलित अधिकारकर्मीहरु कुमार मिजार, माधव शिवा, श्याम नेपाली, ज्ञानेन्द्र सुनार, स्थानीय अधिकारकर्मी राधिका बराइली, मोहन अधिकारी, श्याम नेपाली लगायत थिए ।
सो टोलीले अञ्जुको घर परिवारलाई भेटर निक्कै सम्झायो । तर पुरी परिवारले मान्दै मानेनन् । माइतीले सगोलमा जुठो नदिई गोठमा बस्न बाध्य परेपछि अधिकारकर्मी र सञ्चारकर्मीहरुसँग न्यायका लागि याचना गरिन् । २१ औं सताब्दीमा पनि जातीय विभेद गरेपछि मुद्धा हाल्ने तयारी भयो ।

शुक्रबार अञ्जु जुठो नबार्ने भन्दै लुगा फेरेर घर जान अटो रिक्सामा चढ्न ठिक्क परिन् । माइती पक्षका सबैले जे जस्तो गल्ति भए पनि अब आइन्दा विभेद नगर्ने भन्दै तानेर घर फर्काए । उनी खुसी हुँदै घर फर्किइन् । सबै घरपरिवार मिलेर मुद्दा नहाली अञ्जुलाई शुक्रबारदेखि नै घरमा राखेर जुठो बार्न दिइयो ।

विना कारण मुद्दामा फस्नुभन्दा आफ्नै सन्तान हो भनेर अञ्जुलाई अरुसँगै जुठो बार्न दिइयो । तर बिडम्बना, शनिबार न पुजारी आए, न समाज नै पुरीको घरमा आयो । उनीहरुलाई समाजले बिटुलो बनाइदियो ।

फेरि उहि ताल
‘घुमिफिरी रुम्जाटार’ भनेझै शुक्रबार अधिकारकर्मीको टोली फर्किएपछि अञ्जुले दिउँसोसम्म जहाँ बसेर जुठो बारेकी थिइन्, साँझ उही ठाउँमा बस्न बाध्य भइन् ।

शमसेर पुरीका ५ सन्तानमध्ये कान्छी श्रीमतिकी माइली छोरी हुन् अञ्जु । अन्य कान्छी बहिनीले घरभित्रै बसेर जुटो बारिरहेकी छन् । अञ्जु चाँही घर बाहिरै बसेर जुठो बारेकी छन् ।

‘मलाई घरभित्र पस्न दिँदैनन्, खानेकुरा पनि पकाएर ल्याइदिन्छन् , त्यही खाएर बसेकी छु’ अञ्जुले निशान न्युजसँग भनिन्, ‘हिजो त सबैले रुँदै यसो नगर भनेर सम्झाए । आज त कोही नबोल्ने भएका छन् ।’

आएनन् पुरेत
शुक्रबारसम्म शमसेरको मृत्यु संस्कारका सबै विधि पुरेत डिल्लीकेशर खनालले गर्दै आएका थिए । तर, शनिबार उनी आएनन् ।

पुरेत खनालले आफ्नो काकी हजुरआमा बित्नु भएको भन्दै शनिबार पुरीको घर गएनन् । हिन्दु धर्ममा पुरेत अनिवार्य हुन्छ । त्यसमा पनि खस आर्य समुदायका लागि त पुरेत विना केही काम पनि हुँदैन ।

शनिबार पुरेत नभएपछि किरियापुत्री बसेका दुई दाजुभाई र दुई छोरीले जेठा ज्वाईले सामान्य कर्म गरे । अधिकारकर्मीहरु भन्छन्, ‘पुरेत नजानुको एउटै कारण भनेको दलितसँग विवाह गरेकी छोरीलाई घर भित्र्याउँछन् भनेर हो ।’

हिन्दु संस्कारमा मानिसको मृत्यु संस्कार १३ दिनमा सकिन्छ । शमसेर पुरीको मृत्यु भएको शनिबार ९ दिन भयो । बाँकी ३ दिनका लागि पुरेत नभेट्दा उनीहरु समस्यामा परेका छन् ।

‘म मेरो परिवारमा जुठो परेर नगएको हुँ’, पुरेत खनालले निशान न्युजसँग भने, ‘मैले पनि अरु पुरेतको खोजिरहेको छु, कोही भेटिएको छैन । उहाँहरुलाई पनि खोज्न भनेको छु ।’ उनले आफुले कुनै गलत मनसायले त्यस्तो नगरेको बताउँछन् ।

यस्तो थियो घटना
केराबार गाउँपालिका–६ अमृत चौक की अन्जु पुरी र पाँचथरको फिदिम–९ लुङ्रुपा का सुबास दर्नालबिच २०६९ सालमा प्रेम विवाह भएको थियो । काठमाडौं बस्दै आएका सुभास अञ्जु जेठ २९ गते राती ९ बजे बुबा शमसेर पुरीको निधन भएपछि सिन्धुलिको बाटो हुँदै १८ हजार रुपैयाँ तिरेर केराबारी पुगे ।

वडाध्यक्षको सहजीकरणमा कोरोना परिक्षणका लागि आरडिटी गरेर रिपोर्ट नेगेटिभ आएपछि अञ्जु जुठो बार्न बसिन् । गाउँघर छरछिमेकीसहित परिवारले कथित तल्लो जातको केटासँग विवाह गरेको भन्दै छोइछिटो गर्न नहुने घरसमेत टेक्न दिएन ।

घर परिवार र समाजले नै अपमान गरेपछि घरछेउको गोठमा लिपपोत गरेर अन्जु एक्लै बुबाको जुठो बार्न बसिन् । घरमा बसेर बार्ने अन्य दिदिबहिनीले पकाएर बाहिर ल्याइदिएको खाना खाएर बस्न थालिन् ।

अञ्जुका दाजुभाई दुर्गे र हरी पुरीले अञ्जु र सुवासलाई तल्लो घर आफ्नै जातको घरमा गएर बस्न भनेका थिए । उनीहरुले शुद्धीकर्म गर्न आफ्नै जातको पुरोहितलाई बोलाएर गर्न धम्की दिए । अञ्जु र सुवासले टेरेनन् । उनीहरुले अधिकारकर्मीसँग गुहार मागे ।

पीडितले न्यायका लागि गुहार मागेपछि अधिकारकर्मीहरुले गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की, उपाध्यक्ष शान्तिकुमारी लिम्बु (भुजेल), इलाका प्रहरी कार्यालय केराबारीका प्रमुखलगायतसँग छलफल गरेको थिए ।

अन्ततः पीडितका परिवारले अब आइन्दा यस्तो नगर्ने बताएपछि सो टोली फर्कियो । तर, अञ्जु र सुवासको पीडा पहिलेझै दोहोरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...