अस्ताइन् नेपालकै पहिलो महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशी

Angurbaba joshi

काठमाडौं । शिक्षाविद् एवम् समाजसेवी अंगुरबाबा जोशीको शरीरमा १० थरी निको नहुने रोग थिए । उनले दुई पटक क्यान्सर पचाइन् । मुटु फेल हुँदा पनि हरेश खाइनन् ।

गत साल पनि मृत्युको मुखमै पुगेर फर्किइन् । तर शनिबार भने उनले मृत्युलाई जित्न सकिनन् । उनको निधन भयो ।

तीन सातादेखि छातीमा देखिएको संक्रणका कारण उपचाररत् जोशीको स्ट्रोकका कारण आज दिउँसो २ः४५ बजे काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

करिब दुई दशकअघि घाँटीमा क्यान्सर देखिएपछि गरिएको शल्यक्रियाको क्रममा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तन क्यान्सरसमेत भएको थियो ।

काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । जोशीले १८ वर्ष पद्मकन्या क्याम्पसको प्रमुख भएर काम गरेकी थिइन् ।

उनी सात समुद्रपार उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन् । जोशी विदेश पढ्न जाने पहिलो नेपाली महिलासमेत हुन् । उनले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन् ।

उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एक मात्र महिला सदस्य थिइन् । संविधान मस्यौदा समितिको सदस्यसमेत रहेकी अंगुरबाबाले महिला संगठनको काठमाडौं सभापति बनेर ९ वर्ष काम गरेकी थिइन् ।

जोशीका दुई छोरी प्रभा र ज्योति, एक छोरा किरणराज तथा बुहारी रुपा जोशी र १०७ वर्षकी सासुआमा चन्द्रकुमारी जोशी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...