विप्लवले भने, तुरुन्तै गोर्खा भर्ती बन्द गरेर रोजगारी सिर्जना गर

Biplav statement 6

काठमाडौं । केही दिनअघि मात्र चीन र भारतको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप भएपछि त्यसले विश्वमै तरंग ल्याएको छ । यतिसम्मकी भारतले त विदामा बसेका आफ्न सम्पूर्ण गोर्खा सैनिकलाई हाजिर बोलाइसकेको छ ।

यही जुन १५ र १६ तारिखमा लदाखको गाल्वान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच दोहोरो भीडन्त हुँदा २० जना भारतीय सेनाको मृत्यु भएको थियो भने भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले समेत २० जनाको रगतलाई इतिहासले कहिले नबिर्सने उल्लेख गरेका थिए ।

लदाखको गाल्वान उपत्यकामा भएको भीडन्तपछि भारतले गोर्खा सैनिकलाई फिर्ता बोलाउन थालेकोमा नेत्रविक्रम चन्द ‘विप्लव’ ले आपत्ति जनाएका छन् । विप्लवले देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न र युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यसँग माग पनि गरेका छन् ।

पार्टीका महासचिव विप्लवले अग्रेजको पालादेखि नै शुरु भएको गोर्खा भर्ती केन्द्र बन्द गर्न माग गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको बताउँदै उक्त गोर्खा भर्तीकेन्द्र खारेज गर्न र नेपाली युवालाई चीनविरुद्ध लड्न नपठाउन आग्रहसमेत गरेका छन् ।

‘दुई देशको बीचमा स्वतन्त्र रहेको नेपालका युवालाई कुनै एक देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने कुरा उचित र स्वीकार्य हुँदैन’ विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यमे असंलग्नता राष्ट्रहरुले अवलम्बन गरेको सिद्धान्तका विरुद्धमा पनि छ ।’ विप्लवले उक्त कदम समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको पनि उल्लेख गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...