धुर्मुसलाई फिल्म खेल्न ५० लाखको अफर

धुर्मुसलाई फिल्म खेल्न ५० लाखको अफर

काठमाडौँ । नेपाली फिल्म निर्माणको बजेट बढीमा ५० लाख वरिपरी हो भन्ने कुरा जति झुक्याए पनि नझुक्किने पाटो हो । तापनि ५० लाख त पारिश्रमिककै अफर आयो भन्ने हल्ला चलिरहन्छ, नेपाली फिल्म बजारमा ।

पहिला अनमोल केसीले यो हल्ला चलाए, सेलायो । पछि प्रदीप खड्काले ५० लाखको हल्ला चलाउने प्रयास गरे, तर असफल भए।

यो ५० लाखे हल्ला क्याम्पमा कमेडियन कलाकार हुँदै समाजसेवी हुने तहडमा लागेका धुर्मुस अर्थात सीताराम कट्टेलको पनि प्रवेश भएको छ ।

उनी चार वर्षदेखि समाजसेवामा छन्। बल्लबल्ल घर चलाइरहेको छु भनेर कतैकतै सँक्कसुँक्क पनि गरेको देखिन्छ  । तापनि लाखौँ खर्चिएर फिल्म बनाउन कस्सिएका छन् उनी भनेर यो समाचार आजको शुक्रबार साप्ताहिकले छापेको छ 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...