नेकपाको सचिवालय बैठक सुरु, के होला त एमसीसी ?

Nekapa miting 20

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र अंगीकृत नागरिकताका विषयमा केन्द्रित रहेर बैठक सुरु भएको हो ।

एमसीसीको विषयमा चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो । कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य थिए । कार्यदलले तयार पारेको प्रतिवेनमा एमसीसी परिमार्जन गरेर मात्र संसद बाट पारित गर्नुपर्ने सुझाव दिइएको छ ।

९ सदस्यीय सचिवालयमा ओलीलाई महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साथ दिएका छन् । प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमसिसीको विपक्षमा छन् । प्रचण्डसहितका नेताहरुले एमसिसीका कतिपय प्रावधान परिमार्जन गरेर मात्र लागू गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

एमसीसी प्रकरणलगायत विषयमा छलफल गर्न नेकपाले १० असारमा स्थायी समिति बैठक बोलाइसकेको छ । पार्टी बैठक बोलाए पनि एमसीसीका विषयमा पार्टी निर्णयका आधारमा चल्ने या संसदमा पुगिसकेको एमसीसी सम्झौतामा संसद्लाई नै निर्णय गर्न दिने भन्नेमा ओली र दाहालबीच समझदारी जुटेको छैन ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदलको सुझावअनुसार अगाडि बढ्नुपर्ने अडानमा छन् । प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन गर्नेनगर्ने विषयमा फेरि नेताहरूबीच ध्रवीकरण सुरु हुँदै गर्दा भैंसेपाटी गठबन्धन ब्युँतिन खोजेको छ । यो गठबन्धन प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीको बहुमत सचिवालय सदस्यले निर्माण गरेको भनेर चर्चित छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...