एमसीसी विवाद टुंग्याउन नेकपा सचिवालय बैठक ९ बजे बालुवाटारमा बस्दै

Nekapa sachiwalaya miting 17

काठमाडौं । पटकपटक सर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

बैठकमा लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिबार बिहान ९ बजे बस्न लागेको हो ।

एमसीसीको विषयमा चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो । कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य थिए । कार्यदलले तयार पारेको प्रतिवेनमा एमसीसी परिमार्जन गरेर मात्र संसद बाट पारित गर्नुपर्ने सुझाव दिइएको छ ।

एमसीसी प्रकरणलगायत विषयमा छलफल गर्न नेकपाले १० असारमा स्थायी समिति बैठक बोलाइसकेको छ। पार्टी बैठक बोलाए पनि एमसीसीका विषयमा पार्टी निर्णयका आधारमा चल्ने या संसदमा पुगिसकेको एमसीसी सम्झौतामा संसद्लाई नै निर्णय गर्न दिने भन्नेमा ओली र दाहालबीच समझदारी जुटेको छैन ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदलको सुझावअनुसार अगाडि बढ्नुपर्ने अडानमा छन् । प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन गर्नेनगर्ने विषयमा फेरि नेताहरूबीच ध्रवीकरण सुरु हुँदै गर्दा भैंसेपाटी गठबन्धन ब्युँतिन खोजेको छ । यो गठबन्धन प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीको बहुमत सचिवालय सदस्यले निर्माण गरेको भनेर चर्चित छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...