आज देशभर भारी वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

Mausm news

काठमाडौं । आज देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको पूर्वी उत्तर प्रदेशको भू–भागमा कायम न्युन चापीय प्रणालीले नेपालमा पनि प्रभाव पारेको हो ।

आज दिउँसो सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक, दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ । आज राती सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रदेश ५, वागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस