शनिबार बिहानै गण्डकी प्रदेशमा भेटियो ५८ जनामा संक्रमण, संक्रमितको संख्या ४३८ पुग्यो

Corona test

पोखरा । शनिबार बिहानै गण्डकी प्रदेशमा ५८ जना कोरोना संक्रममित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।

थप नयाँ संक्रमित थपिनेहरुमा तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका गरी ५८ जना छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका अनुसार शनिबार बिहान तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङका ८ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

डा. विनोद विन्दु शर्माकाअनुसार उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस