मध्यरातमा भत्कियो डिल्लीबजार कारागार, व्यापक प्रहरी परिचालन

Dili bazar karagar vatkiyo

काठमाडौं । राजधानीको डिल्लीबजार कारागारको पुरानो भवन भत्किएको छ ।

भवन भत्किदाँ कुनै किसिमको भौतिक क्षति भने नभएको कारागार प्रमुखले बताएका छन् । घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । सवारी हिड्ने बाटो अवरूद भएको छ ।

विसं. १९६० तिर निर्माण भएको कारागारको भवन २०७२ सालमा गएको भूकम्पले थप क्षतिग्रस्त बनाएको थियो । त्यसयता कारागारको बाहिरी भागमा कैदीबन्दी बस्ने गरेका थिएनन् । त्यही बाहिर पट्टीको भागमा वर्षाका कारण छत खसेको छ ।

डिल्लीबजार कारागारमा ६ सयभन्दा बढी कैदी छन् । यहाँ रेशम चौधरी लगायतका भीआइपीसमेत समेत छन् । पानीले बाहिरतिरको भाग भत्किएको छ । अरु कुनै क्षति भएको छैन ।

एक सरकारी छानविन समितिले उक्त भवन बस्नका लागि उपयुक्त नभएको रिपोर्ट दिइसकेको छ । तर, पुरातत्विक महत्वको भवन भएकाले हालसम्म थप कुनै निर्णय भएको छैन ।

अहिलेको स्थितिमा भवनको मर्मत, सम्भार सम्भव नभएको बताउँदै इञ्जिनियरहरु सम्मेलित समितिले नयाँ भवन बनाउन सुझाव दिएको छ । अहिले त्यसक्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...