पाकिस्तानी प्रधानमन्त्री खानद्धारा काश्मिरको भ्रमण

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार काश्मिर भ्रमण गरेका छन् । भारतले भारत प्रशासित जम्मु काश्मिरको विशेष राज्य अधिकार केन्द्र मातहत राखेपछि खानले पहिलोपटक पाकिस्तानको भू–भागमा पर्ने काश्मिरको भ्रमण गरेका हुन् । 

भारतले जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेपछि पाकिस्तानले भारतविरुद्ध अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिसकेको छ । उसले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक बोलाउन संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा औपचारिक अनुरोध पनि गरिसकेको छ । जम्मु काश्मिरको तनावपछि पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गर्दै दुई देशीय व्यापार पनि रोकेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...