यस्तो छ मन्त्रिपरिषदले गरेका १५ निर्णय : सांसद कोषको रकम कोरोना कोषमा जम्मा गरिने

कलंकी–थानकोट–नागढुंगा सुरुङमार्ग क्षेत्रमा पर्ने आवश्यक जग्गा अधिग्रहण गर्दा क्षतिपूर्ति रकम उपलब्ध गराउने

Yubraj khatiwada 5

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको ३ दिनपछि सरकारले गरेका १५ निर्णयहरु आज सार्वजनिक भएको छ ।

असार २ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले विश्व बैंकको करिब १२ अर्ब ऋण, स्वीट्जरल्याण्डको २ अर्ब २ करोड अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७६/७७ मा सांसदलाई दिएको पैसा कोरोना कोषमा जम्मा गर्नेगरी नियमावली संशोधन गरेको छ । खर्च नभएको रकम अब सांसदले कोरोना कोषमा जम्मा गर्न सक्नेछन् । निर्वाचित सांसदले आफ्नो क्षेत्रमा ६ करोड रुपैयाँ विकास खर्च गर्न सक्नेगरी यसअघि रकम विनियोजन भएको थियो ।

कलंकी–थानकोट–नागढुंगा सुरुङमार्ग क्षेत्रमा पर्ने आवश्यक जग्गा अधिग्रहण गर्दा क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । सँगै ऊर्जामा लगानी बढाउन विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संथा (आइडिए) बाट सहयोगको रुपमा प्रस्तावित १० करोड अमेरकी डलर सहुलियतपूर्ण ऋण सहायता रकम सरकारले स्वीकार गर्ने निर्णय गरेको छ ।

क्षतिपूर्तिका लागि सरकारले श्री ५ को वायु गुठीका मोहीलाई ५० प्रतिशत, जग्गाधनी प्रमाण पूर्जा नभएका तर मालपोत र नापी कार्यालयमा रहेको श्रेस्ता फिल्ड बुकमा रहेको आधारमा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी साना सिचाइँ आयोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने १ करोड ७६ लाख स्वीस फ्रयांक अनुदान स्वीकार गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

हेर्नुस् १५ निर्णय

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...