नेपालमा थप ४२६ जना कोरोना संक्रमित थपिए

१२३२३२४७८७

काठमाडौं । थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जगेश्वर गौतमले शुक्रबार ३३८ जना पुरष र ८८ जना महिलाका कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

हालसम्म १ हजार ४ सय २ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिलेसम्म १ लाख ६१ हजार ७ सय ४९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी २ लाख ४७ हजार ८ सय ७४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ८ सय ५० जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

त्यसतै कोरोना भाइरसको संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस