जातीय विभेदविरुद्ध विद्यार्थीले किर्तिपुरमा चलाए सडक बहस

Sadak bahas

काठमाडौं । रुकुम नरसंहार र दलित समुदायमाथि श्रृंखलावद्व रुपमा भइरहेका हत्या तथा जातीय विभेदका विरुद्ध सडक बहस सम्पन्न भएको ।

नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पीडित विद्यार्थी राष्ट्रिय सम्पर्क कमिटीको संयुक्त आयोजनामा विश्वविद्यालय र दलित मुक्तिको प्रश्न विषयक सडक बहसमा सहभागीहरुले दलित समुदायमाथि भइरहेका श्रृंखलावद्ध विभेदले समाजलाई नकारात्मक बाटोतर्फ लगेको बताए ।

कार्यक्रम मा प्रा. डा. सञ्जीव उप्रेतीले गैर दलित का साथीहरुले एक पटक आफुलाई फर्केर हेर्न अनुरोध गरे । उनले संरचनागत लाभको बारेमा विस्तृत रुपमा प्रकाश पार्दै हरेक नागरिकले जन्मसिद्ध रुपमा राज्यबाट पाउने सुविधाले उसको व्यक्तित्व निर्माण सहयोग पुग्ने बताए ।

कार्यक्रममा लेखक तथा अध्येता युग पाठकले विश्वविद्यालयले ज्ञान को कक्षा नभई ट्रेनिङ कक्षा चलाइरहेको आरोप लगाए । त्रिविमा पढाइने इतिहासले नेपाली समाज चिन्ने भन्दा पनि नचिन्ने बनाएको बताए ।

कार्यक्रममा लेखक तथा मधेसी अधिकारकर्मी तुलानारायण शाह, कैलाश राई, पत्रकार मेघराज रसाइली लगायतले रुकुम नरसंहारमा राज्यको निकायले नै प्रमाण नष्ट गरेकाले दोषी उम्किन सक्ने आशंका व्यक्त गरे । उनीहरुले रुपेन्देहीकी अंगिरा पासी र सर्लाहीको शम्भु सदाको हत्यारालाई हदैसम्मको कार्वाहीको माग पनि गरे ।

कार्यक्रम रवि सेन्चुरीको अध्यक्षता र रामलाल राजवशीं विकेको सहजिकरणमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...