भारतसँग लद्दाखमा भएको भीडन्तपछि सीमा क्षेत्रमा चिनियाँ सेनाले गर्यो सैन्य अभ्यास

China militry 1

काठमाडौं । भारतसँग लद्दाखको पूर्वी क्षेत्रको गलवान भ्यालीमा भएको हिंसात्मक झडपपछि चीनले आफ्नो सैन्य शक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको छ ।

बिहीबार तिब्बत अटोनोमस रिजनमा ठूलो सैन्य अभ्यास गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । युद्ध ट्याङ्क, फाइटल जेट र सैनिकले अभ्यासमा भाग लिएका थिए ।

चिनियाँ जनमुक्ति सेनाले आफूसँग उपलब्ध क्षमताको परीक्षण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भौगोलिक अवस्थाअनुसार लडाकु जहाज, उपलब्ध सैन्य ट्याङ्क लगायतको परीक्षण गरिएको हो ।

चीन सरकारले यो सैन्य अभ्यासका लागि विभिन्न ठाउँबाट हतियार, सैनिक, ट्याङ्क, बख्तरबन्द गाडी, लडाकु जहाज र नयाँ हतियारसमेत जम्मा गरेको थियो । नयाँ हतियार टाइप १५ लाइटवेट ट्याङ्क, एचजे १० एन्टी ट्याङ्क मिसाइल लगायत पनि अभ्यासमा सामेल गरिएको थियो ।

चिनियाँ जनमुक्ति सेनाले यो अभ्यास ४ हजार ७ सय मिटर भन्दा धेरैको उचाइमा गरेको थियो । कयौं किलोमिटरको तार्गेट राखेर अभ्यास गरिएको थियो । मल्टिपल रकेट लन्चर, तोप र एन्टि एयरक्राफ्ट सिस्टमको पनि प्रयोग गरिएको थियो । चिनियाँ जनमुक्ति सेनाको वायु सेनाले रातभर सबै प्रकारका अभ्यास गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...