ट्राफिकको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

ट्राफिकको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो ।

कोटेश्वर चोकनजिकै ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए । ती व्यक्तिबाट स्पष्ट परिचय खुल्ने कुनै पनि कागजात फेला नपरेको बोगटीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...