डेंगुका कारण ४० जनाको मृत्यु

डेंगुका कारण ४० जनाको मृत्यु

ढाका । बंगलादेशमा डेंगुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयका आयेशा अख्तरका अनुसार बंगलादेशमा डेंगुको आशंकामा हजारौंको संख्यामा बिरामी भर्ना भएपछि अस्पतालले उनीहरूको उपचार सेवामा समेत असहज महसुस गरेको बताएका छन् ।

लामखुट्टेको टोकाइबाट हुने भाइरल संक्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेंगु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकमा मनसुनी वर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ तर यो वर्ष डेंगुले एसियाली केही मुलुकमा जटिल समस्याका रूपमा देखा परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...