कतारबाट २० नेपालीको शव सहित २४ शव आज नेपाल ल्याइँदै (सूचीसहित)

Nepali dead body kathmandu yrps8fqpvv l2phf6fecn

काठमाडौँ । वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएका २४ नेपालीको शव शुक्रबार नेपाल आउँदै छ । कतार र अन्य चार देशबाट ४ वटा शव दिउँसो काठमाडौँ  आइपुग्न लागेको वैदेशिक रोजगार  बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

कतार एयरवेजले शुक्रबार दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउने श्रेष्ठले बताए । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो।

वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्समा कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको शव  नेपाल ल्याइँदै छ ।

यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले शुक्रबार ल्याउँदै छ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनकुमार श्रेष्ठले कतार एयरलाइन्सबाट आउने शवमध्ये ७ वटा परिवारले काठमाडौँमा जिम्मा लिन र बाँकीलाई उनिहरुका जिल्लामा पुर्‍याइने बताए। शुक्रबार साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैछन्।

जजिरा एयरलाइन्सले कुवेतबाट दुई जनाको शव ल्याउँदै छ । हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव ल्याउँदैछन्। कुवेतबाट संखुवासभाका मानबहादुर आले र नुवाकोटका सोनु तामाङको शव आउँदै छ। युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरबबहादुर बस्नेतको शव ल्याईँदै छ।

प्रवक्ता राजकुमार क्षेत्रीको अनुसार जजिराले बिहीबार पनि दुईवटा शव ल्याएको थियो।  कोरोना भाइरसको महामारी र लकडाउनपछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव अलपत्र परेको थियो। 

हालसम्म यसरी चार जनाको शव ल्याइएको छ। तीमध्ये कुवेतबाट तीनवटा छन् भने एउटा यूएईबाट रहेको छ।प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हिमालय एयरलाइन्स १५३ यात्रु र एउटा शव लिएर शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। यो जहाज साउदीको दमामबाट आएको हो।

करिब १५० यात्रु लिएर कुवेतबाट जजिरा एयरलाइन्सको जहाज र दुबईबाट १५० यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज शुत्रबार दिउँसो १ बजे काठमाडौं आइपुग्दैछन्।
 

 
 






 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...