आज देशभर पानी पर्ने, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

Weather nepal

काठमाडौं । केही दिनयता नेपालको अधिकांस स्थानमा वर्षा भइरहको छ । अहिले भारतको पूर्वि उत्तर प्रदेशको भू–भागमा रहेको निम्न चापीय प्रणालीको प्रभाव नेपालमा पनि परेको देखिन्छ ।

आगामी तीन दिनसम्म देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, वागमती, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना छ । ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक यातायात प्रभावित हुने संभावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरैजसो स्थानहरुका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । राती देशभर पूर्णतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक, दुइ स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
असार ०५ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्यतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

रातीः देशभर पूर्णतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५ र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

असार ०६ गते (शनिबार)
दिउँसोः सुदुर पश्चिम प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

रातीः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश ५, वागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

असार ०७ गते (आईतबार)
दिउँसोः सुदुर पश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

रातीः सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश ५, वागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

प्रतिकृया दिनुहोस