नवलपरासीको अरुणखोला पुलमा ट्रक ठोक्किँदा, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा पुल भाँचिदा राजमार्ग अवरुद्ध भएको छ । पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेको हो । पुलमा क्षति पुगेपछि बिहानैबाट राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत–जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । 

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ । साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भैरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...