अमेरिकामा यी नेपाली महिलाले अन्जानमै बन्दुक खेलाउँदा पट्केर श्रीमानको मुत्यु

अमेरिकामा यी नेपाली महिलाले अन्जानमै बन्दुक खेलाउँदा पट्केर श्रीमानको मुत्यु

बोस्टन । अमेरिकाको ओहायोको फेयरफिल्ड प्रहरीले शुभा कट्टेललाई आफ्नै श्रीमानको हत्या आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार ४३ वर्षीया शुभाले उनका श्रीमान ५३ वर्षीय टीका कट्टेललाई सोमबार अपराह्न ३ः१३ बजे सिग्मन वेस्थितस्थित निवास गोली हानेकी हुन् ।

गोली प्रहारबाट घाइते टीकालाई युनिभर्सिटी अफ सिन्सिन्याटी मेडिकल सेन्टर पुर्‍याइएको थियो। अस्पताललाई उनलाई सोमबार मृत घोषित गरेको छ। प्रहरीका अनुसार टीकाकी आमा बिरामी भएकाले नातेदारहरू आएका थिए ।

पाहुनामध्ये सुवास कट्टेलको कम्मरमा ग्लोक १९ हाते–बन्दुक (ह्यान्ड–गन) थियो । शुभाले बन्दुक देखिन्, र बन्दुक निकाल्दै सोधिन्, ‘यो खेलौना हो वा साँच्चैको बन्दुक ?’ सुवासले भन्न नभ्याउँदै शुभाले बन्दुकको घोडा थिचिन् । गोली टीकालाई लाग्यो ।

‘९११ मा फोन आयो, फोन गर्नेले भन्दै थिए, मेरो बुबालाई गोली लाग्यो । तर यो जानीजानी गरिएको होइन ।’ फोन गर्ने अर्को मान्छेले पनि यसलाई अन्जान भएको घटना भनेको थियो । प्रहरी घटनास्थलमा पुग्दा हल्लाखल्ला थियो । 

सन् १९६१ डिसेम्बर १ मा भुटानको गेलेफूमा जन्मेका कट्टेललाई नेपालको झापास्थित गोलधाप शरणार्थी शिविरमा बसाइएको थियो। उनी सन् २००९ मा न्यु ह्याम्सरको राजधानीमा पुनर्वासमा आएका थिए । उनी सन् २०१६ मा सपरिवार ओहायोको सिन्सिन्याटी सरेका थिए । उनको अन्तिम संस्कार बिहिबार राखिएको छ ।  शुभालाई मंगलबार अदालतमा उपस्थित गराइयो । उनको अर्को सुनुवाई अगस्त २१ का लागि तोकिएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...