नेकपाको सचिवालय बैठक आज बस्दै,पार्टी एकता टुंग्याउँने तयारी

नेकपाको सचिवालय बैठक आज बस्दै,पार्टी एकता टुंग्याउँने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सचिवालय बैठक बुधबार बस्दै छ ।  मंङ्गलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै बुधबारलाई सारिएको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा विभागका नेतृत्व , पोलिटब्युरो गठनलगायतका विषय टुंगो लगाउने नेकपाले जनाएको छ ।  

कसले कुन विभागमा बस्ने भन्ने रुचि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सोधिसकेका छन् र प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्किएपछि गृहकार्य गरेका कारण आज टुंगो लगाउन सक्ने पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...