प्रधानमन्त्री निवास बालुवाटारमा गरियो दिपावली

Pm sambidhan dipawali

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै प्रधानमन्त्री निवास बालुवाटारमा दिपावली गरिएको छ ।

नेपालको अद्यावधिक नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गर्ने विधेयक जेठ ३१ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । बिहीवार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको थियो ।

बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संशोधन विधेयकलाई प्रमाणीकरण गरिसकेकी छन् । यही खुसीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा दिपावली गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्थ तथा सूचना तथा संञ्चारमन्त्री डा. युवराज खतिवडाले पनि सँगै दीपावली गरे । बालुवाटारमा रहेको निवास वरिपरि मैनवत्ति बालिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...