महिलाका लागि छुट्टै क्वारेन्टाइन व्यवस्था गर्न सांसदको माग

1590637373

काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टाइन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टाइनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद थममाया थापाले क्वारेन्टाइनमा महिला बलात्कृत हुनु अत्यन्त गम्भीर भएको उल्लेख गर्दै महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था र सुरक्षाका लागि महिला प्रहरी राख्न माग गरेकी हुन् । सांसद निरुदेवी पालले क्वारेन्टिनमा महिलामाथि विभिन्न हिंसाका घटना बढेको भन्दै महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेकी छन् ।

सांसद पवित्रा खरेल निरौलाले कैलालीको लम्कीमा महिलामाथि भएको घटनाका दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गरेकी छन् । सांसद नरमाया ढकालले क्वारेन्टाइन यातना गृह जस्तो भएकाले तत्काल क्वारेन्टाइनको अवस्था सुधार गर्न माग गरेकी छन् ।

सांसद पार्वता डीसी चौधरीले कैलाली घटनाबारे आपत्ति जनाउँदै क्वारेन्टाइनमै असुरक्षित महिला कहाँ सुरक्षित होलान भनी प्रश्न गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सांसद पूर्णकुमारी सुवेदीले कैलालीको क्वारेन्टाइनमा बिरामी महिलामाथि भएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेकी छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...