बम्जनलाई पक्राउ गर्न गएको प्रहरी तेस्रो पटक पनि यसरी रित्तो हात फर्कियो

Rambadr bamjan

काठमाडौं । तवस्वी रामबहादुर बम्जनको आश्रममा पुगेर तेस्रो पटक पनि खाली हात फर्किएको छ । बिहीबार दिउँदो सिन्धुलीस्थित बम्जनको आश्रममा छापा मारे पनि उनलाई भेटाउन सकेन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ । तर, उनी आश्रममा भेटिएनन् ।

यसअघि २४ माघमा पनि प्रहरीले बम्जन आश्रममा छापा मारेको थियो । तर, सुरुमै सूचना चुहाइँदा बम्जन उम्कन सफल भएका थिए । यसअघि ०७६ पुसमा प्रहरीले सिन्धुपाल्चोकस्थित बम्जनको आश्रममा छापा हानेको थियो ।

सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता रहेको भन्दै उजुरी परेको छ । र, उनीविरुद्ध अदालतले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ ।

बम्जनमाथि अनुयायी बेपत्ता पारेको आरोप छ । अदालतले पनि उनलाई पक्राउ गर्न पूर्जी दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...