काठमाडौंमा थपियो ६ जना, कर्णालीमा थपिए १२० कोरोना संक्रमित

Corona updet 31

काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

बिहीबार १ सय २० जना कर्णालीमा संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या १२२४ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणबाट सुर्खेत र दैलेखका १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखका ८६ जना र सुर्खेतका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेखको महाबु गाउँपालिका वडानम्बर २, ३, ४, ५ र ६, भैरवी गाउँपालिका –१, चामुण्डा विन्द्रासैनी नगरपालिका –६, दुल्लु नगरपालिका वडानम्बर ३ र ५ र गुराँसे गाउँपालिकाका १ र ५ वडामा संक्रमित भेटिएका हुन् । महाबुको वडा नम्बर २ का मात्रै एक बालक र ४ महिलासहित ५२ जना रहेका छन् ।

सुर्खेतको बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...