रुकुम पश्चिम घटनाका विषयमा प्रधानमन्त्रीको कडा प्रश्न, सरकारले त्यहाँ घटना घटाएको हो र ?

Capture ५५

काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको जघण्य अपराधमा संलग्नलाई कानुनी कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । तर, प्रधानमन्त्री ओलीले सरकारले घटनाका दोशीलाई कारवाहीको दायरामा ल्याइसक्दा पनि सरकारको आलोचना भएकोमा असन्तुष्टी व्यक्त गरे ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा ओलीले रुकुम पश्चिममा भएको घटनालाई दुःखद भएको पनि बताए । रुकुम पश्चिममा भएको घटनालाई लिएर संसदमा सरकारको आलोचना भएपछि प्रधानमन्त्रीले सरकारको आलोचना गर्नुपर्ने ठाउँ नै नभएको बताएका हुन् ।

‘रुकुम घटनमा दुःखद् हो । त्यसभित्र अनेक अनुचित सोच होलान्, भावना होलान् । गलत क्रियाकलाप हुँदै हो’ उनले भने, ‘कसरी भयो ? के भयो ? जसरी भए पनि मानिस मारिए । त्यसमा सरकारमाथि हमला गर्नुपर्ने विषय ? सरकारले त्यहाँ घटना घटाएको हो र ?’

घटनालगत्तै सरकारी संयन्त्रले संलग्नलाई पक्राउ गरेको र अनुसन्धान गरेर मुद्दा चलाएको प्रधानमन्त्रीको भनाइ थियो । ‘सरकारले अपराधी बचाउन खोजेको छ र ? सरकारले गिरफ्तार गर्न लापरबाही गरेको छ र ?’ उनले भने, ‘सरकारले यस्तो हुनु ठूलो कुरो होइन भनेको छ र ? होइन । सरकारले सो घटनामा संलग्नलाई त कारवाही गर्ने भनकै छ त ।’

घटनाको छानबिन सरकारी संयन्त्रले मात्रै गर्दा सही हुन्न कि भनेर संसदीय समितिसमेत गठन गरिएको अवस्थामा अनावश्यक आलोचना नगर्न उनले आग्रह गरे । ‘संसदीय छानबिनसमेत गराइरहेका छौं । यसमा सरकारको आलोचना गर्नुपर्ने ठाउँ कहाँ छ ?’ उनले प्रश्न गरे ।

रुकुम पश्चिममा शुष्मा मल्लसँग विवाह गर्न गएका दलित युवासहित ६ जनाको हत्या गरिएको थियो । जाजरकोटका नवराज विक लगायतका ६ जनालाई जेठ १० गते युवती पक्षका गाउँले र वडाअध्यक्ष डम्बरबहादुर मल्लसहितले लखेटेर भेरी नदीमा फालेको पीडित पक्षको भनाइ छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...