बालिकालाई बलात्कारपछि होटलमा छोडेर भागेका अख्तर पक्राउ

सप्तरी । एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपालिका–२ कुशहाका ४० वर्षीय मो. समिर अख्तर पक्राउ परेका छन् । पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर मंगलबार अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए । आरोपितहरूले चैत १० गते बालिकालाई नियन्त्रणमा लिएर  बलात्कार गरी चैत ११ गते राजविराजस्थित सागर लजमा छोडेर  फरार भएका थिए  । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

यौनसम्पर्क गरेपछि पैसा नदिँदा यौनकर्मीले ट्रक चालकको लिङ्ग काटिदिइन्

Sex

काठमाडौँ । चालकले राजमार्गमा ट्रक रोक्छन् । यौनकर्मीलाई चढाउँछन् । दुवैबीच सम्पर्क हुन्छ । चालकसँ...