साउन अन्त्यतिर कोरोना संक्रमण उच्च विन्दुमा पुग्छ : प्रधानमन्त्री ओली

उनी भन्छन्, ‘१० अर्ब खोई भनिएको छ, १० अर्ब तल पठाइयो’

Kp oli 4

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा साउन अन्त्यतिर उच्च विन्दुमा पुग्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले साउनपछि विस्तारै कोरोना संक्रमणको ग्राफ ओरालो लाग्दै जाने र मंसिरपछि फेरि बढ्न सक्ने बताए ।

‘दशैं तिहार र छठ जस्ता चाडहरु आउँदैछन् । यो चाड सधैँ रमाइलो हुन्थ्यो’ ओलीले भने, ‘यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’

ओलीले मंसिर अन्त्यबाट ओरालो लाग्ने र फागुनको महिना सम्भवत नियन्त्रणको महिना हुने दावी गरे । तर संक्रमितहरुलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए ।

कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाए । उनले भने, ‘१० अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो ।’

खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’ स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...