पुस माघ सम्ममा कोरोना नियन्त्रणको अन्तिम बिन्दुमा पुग्छ : प्रधानमन्त्री ओली

Capture ५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस माघ सम्ममा कोरोना अन्तिम हुने बताएका छन् । राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बिहीबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले साउनको अन्तिमताका र भदौको सुरुमा कोरोना संक्रमणको उच्चतम बिन्दूमा पुग्न सक्ने बताएका छन् । त्यसपछि दशैं, तिहार र छठ लगायतका चाडबाढपछि मंसिरमा फेरि चर्कन सक्ने बताएका छन् ।

कोरोना चैतदेखि जेठ महिनासम्मको अवधिमा भन्दा जेठ एकमहिनामा संक्रमित बढेको र त्यो फेरि साउनको अन्त्यदेखि भदौको पहिलो हप्तासम्म फेरि बढ्ने अवस्थामा जानसक्ने बताए ।

‘त्यसपछि ओरालो लाग्छ र हामीले क्रमशः नियन्त्रण गर्न सक्छौं,’ प्रधानमन्त्रीले भने ‘हाम्रा आनीबानी र व्यवहारले दशैँ तिहार र छठजस्ता पर्वले कोरोना झन् बढाउँछ भन्ने छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले मंसिरको अन्तिममा बढेको कोरोनाको ग्राफ फागुनमा बल्ल तल घट्ने अनुमान संसदमा बताए ।

 
 
 






 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...