प्रभावकारी बन्दै ‘रेडियो स्कूल’

Capture ४४४

काठमाडौँ । लकडाउनले विद्यार्थीको पढाइ प्रभावित भइरहेको अवस्थामा सल्यानमा ‘रेडियो स्कूल’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकालाई समेटेर तयार पारिएको कार्यक्रमप्रति विद्यार्थीको चासो बढेको छ ।

रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राबिधिक सहयोग तथा दलित बिकास समाज सल्यान मार्फत सञ्चालित साक्षरता कार्यक्रम उत्पादन तथा प्रशारण भैरहेको छ । कार्यक्रममा सहभागी हुने, आफ्ना रचनाहरु जस्तै कथा, कविता, बालगीत रेडियोबाट सुनाउने र रेडियोबाट गृहकार्य दिईने तथा घरैमा अभिभावकबाट ती गृहकार्यको जाँच हुने भएपछि बालबालिका रेडियो स्कूल कार्यक्रम सुन्दै रमाई रमाई पढ्न थालेका हुन् ।

शारदा नगरपालिका वडा नं. १३ को सिर्जनशिल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत निरुता घर्तीले रेडियो स्कूलमा सहभागी भएर आफूले रचना गरेका रचनाहरु सबै साथीहरुको माझमा राख्न पाउदा खुसी लागेको बताइन् । उनले घरमा नै बसेर रेडियोबाट पढ्न पाउदाँ खुसी लागेको बताइन् ।

छत्रेश्वरी गाउँपालिका वडा नं। ५ पोखराको कालिका प्राथामिक विद्यालयका प्रधानाध्यापक बालाराम वलीले घरैमा बसेर सिकाइ हासिल गर्न रेडियो स्कूल कार्यक्रम फलदायी भएको बताइन् । हरेक बालबालिकाले कार्यक्रम सुनेर सहभागी हुने गरेको बताउदैँ उनले आफूले पनि नियमित रुपमा कार्यक्रम सुन्दै आएको बताए ।  रेडियो स्कूल कार्यक्रमलाई बिषयगत रुपमा सञ्चालन गर्न सके अझै राम्रो हुने उनको भनाई छ ।

रेडियो स्कूलमा दैनिक प्रत्यक्ष आधा दर्जन बालबालिका र अप्रत्यक्ष रुपमा रेडियो सुनेर सहभागी हुने गरेको कार्यक्रम सञ्चालक शिब डाँगीले जानकारी दिए ।  उनले लकडाउन कारण घरमा बसेका बालबालिकाहरुलाई रचनात्मक र सिर्जनशिल तथा पढ्ने बानीको बिकास गर्न रेडियो स्कूलले सयहयोग गरेको बताए ।

रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले बालबालिकाहरुलाई घरमा नै बसेर पढ्न मिल्ने बातावरणको सिर्जना गर्न रेडियो स्कूल कार्यक्रम सञ्चालन गरिएको बताए ।  उनले कार्यक्रममा जिल्लाका बिभिन्न विद्यालयमा कक्षा पाँच सम्म अध्ययनरत करिब १० हजार बालबालिका सहभागी हुने गरेको बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...