ससुराली गएर श्रीमती, सासु र सालोलाई खुकुरी प्रहार

काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका एक युवाले ससुराली गएर श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । भूमिकास्थान नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय चिरन घर्तीले सोमबार राति सोही नगरपालिकाको वडा नम्वर ८ स्थित ससुराली घर गएर श्रीमतीसहित सासु र सालोमाथि खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासु ४३ वर्षीया भूमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री घाइते भएका छन् । घाइते सबैलाई जिल्ला अस्पताल सन्धिखर्क, लुम्बिनी अञ्चल अस्पताल हुँदै चितवन मेडिकल कलेज लगिएको छ । लुम्बिनी अस्पतालमा उपचार हुन नसकेपछि चितवन लगिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

खत्रीका अनुसार सोमबार राति सवा आठ बजे कालो लुगा र नकावसमेत लगाएर घर्ती ससुराली घर पुगेका थिए। घरमा अन्य कोही नभएकाले घर्तीले लगालग खुकुरी प्रहार गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक खत्रीले बताए ।

घटना गराएपछि घर्ती फरार भएका छन् । उनले घटनापछि फेसबुकमा स्टाटस राख्दै सासुआमाका कारण आफ्नो घरबार बिग्रेको आरोप लगाएका छन् । ‘श्रीमान र श्रीमतीबीच झगडा भइरहने गरेको र श्रीमती केही दिनबाट माइत बस्दै आएको बुझिएको छ,’ प्रहरी निरीक्षक खत्रीले भने, ‘झगडाको दोष सासुआमालाई लगाएर उनले त्यसैको रिसमा घटना गराएको देखिन्छ ।’

झगडा हुनुको कारण स्पष्ट खुलिनसकेको खत्रीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। फरार घर्तीको खोजीका लागि चारैतर्फ प्रहरीले सतर्कता बढाएको खत्रीले बताए । घाइतेमध्ये श्रीमती गीताको अवस्था चिन्ताजनक छ । आक्रमण रोक्न खोज्दा उनलाई बढी चोट लागेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...