सिक्किममा पवन चाम्लिङका १० सांसद बिजेपीमा प्रवेश

सिक्किममा पवन चाम्लिङका १० सांसद बिजेपीमा प्रवेश

नयाँ दिल्ली । भारतीय राज्य सिक्किममा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेका पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्र्याटिक फ्रन्ट पार्टीका १० जना सांसद भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार दिउँसो भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डा र बरिष्ठ नेता राम माधवले नयाँ दिल्लीस्थित मुख्यालयमा ती सांसदहरूलाई पार्टी प्रवेश गराएका हुन् । विधान सभामा चाम्लिङको पार्टीका १५ सांसद थिए । अरू दुई विद्रोही सांसदले पनि नयाँ पार्टी खोल्ने तयारी गरेको बताइएको छ ।

पार्टी अध्यक्षसमेत रहेका चाम्लिङसँग सांसदहरूको विवादको कारण के हो भन्ने खुलाइएको छैन ।दुई महिनाअघि सत्ताबाट बाहिरिएका चाम्लिङका लागि आजको घटना अर्को ठुलो धक्का भएको छ । गत जेठमा भएको विधान सभा चुनावमा पवन चाम्लिङको सत्ता कुनै समय उनकै मन्त्रिपरिषदमा काम गरेका प्रेमसिंह तामाङ गोलेले उल्टाइदिएका थिए ।

गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेको थियो । सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।

यस चुनावमा गोलेले भ्रष्टाचारलाई अन्त्य गर्ने, विकास कामलाई अगाडि बढाउने र युवालाई रोजगारी दिने विषयलाई चुनाबको प्रमुख मुद्दा बनाएका थिए । परिवर्तन र ‘२५ वर्षे राजाको शासनको अन्त्य’ उनको प्रमूख चुनावी नारा थियो । सन् १९९४ देखि चाम्लिङ सिक्किमका मूख्यमन्त्री रहँदै आएका थिए ।

चाम्लिङ अघि भारतमा सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड पश्चिम बंगालका मूख्य मन्त्री ज्योति बसुको नाममा थियो । उनी सन् १९७७ देखि सन् २००० सम्म बंगालको मूख्यमन्त्री थिए  ३२ वर्षको उमेरमा राजनीतिक जीवन सुरू गरेका चाम्लिङ सन् १९८९ देखि ९२ सम्म मूख्यमन्त्री नर बहादुर भण्डारीको मन्त्रीमण्डलमा मन्त्री थिए ।

त्यसपछि सन् १९९३ मा भण्डारीको साथ छोडेर चाम्लिङले सिक्किम डेमोक्रेटिक फ्रन्ट खोले । त्यसको अर्को वर्ष सन् १९९४ मा भएको चुनावमा भण्डारीको पार्टीलाई हराएर उनी मूख्यमन्त्रीको कुर्सीमा पुगे । अहिले चाम्लिङकै पूर्वमन्त्री गोलेले उनको सत्ता अन्त्य गरिदिए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...