आफैले चक्कु हानेर हत्या गरेको श्रीमानको शब हेर्छु भन्दै श्रीमति बेहोस (हेर्नुहोस भिडियो)

आफैले चक्कु हानेर हत्या गरेको श्रीमानको शब हेर्छु भन्दै श्रीमति बेहोस (हेर्नुहोस भिडियो)

काठमाडौं । काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको चक्कु प्रहार गरि हत्या गरेकी छिन् । गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छातीमा प्रहार गर्दा ज्यान गएको हो ।

छिमेकीका अनुसार सधै घर झगडा भइरहने र शिलालाई धेर रिस नगर्न आग्रह गर्दै आएको बताए । घटना घट्ने दिन पनि शिला र जालमानको झगडा भएको र दुई मुक्का जालमानले हानेपछि शिलाले जवाफमा चक्कु प्रहार गरेको प्रत्यक्षदर्शी छिमेकीले बताए ।

चक्कु प्रहारबाट शक्त घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । त्यसपछि श्रीमती शिलालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ। शिलाको स्थायी घर भने मकवानपुर गढी गाउँपालिका–८ भएको बुझिएको छ ।उनीहरु बस्दै आएको जोरपाटी स्थित डेरा पुग्दा सानो कोठामा लथालिङ्ग पलंग र छरप्रस्ट लुगाहरु देखिन्थे । हेर्नुहोस् यो भिडियो 

Video

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...