खैरो हिरोइनसहित दुई पक्राउ

202012121212

काठमाडौँ । कञ्चनपुरको बेलौरी क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय आशिष उपाध्यायलाई ०.६१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताइन् ।

उनका अनुसार दुवै जनालाई म २ प ९६१८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला बेलौरी नगरपालिका–८ स्थित नेपाल भारत सीमास्तम्भ नम्बर ३८ नजिकबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई बरामद गरिएको हिरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

पक्राउ परेका दुवैलाई हिरासतमा राखेर सोधपुछ र अनुसन्धानको कार्य भइरहेको इप्रकाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चर्कियो साम्राज्ञी र भुवन केसीको यौन काण्ड : केसी भन्छन्, जुन थालमा खाने त्यहीँ थालमा दुलो पार्ने ?

Bhuwan samragyee

काठमाडौं । नेपाली सिने जगतको स्टार हुन् भुवन केसी । स्टार भइकन पनि उनी बारम्बार विवादमा आइरहन्छन्...