ज्याग्दी खोलामा माछामार्न गएका दुई जनाको डुबेर मृत्यु

ज्याग्दी खोलामा माछामार्न गएका दुई जनाको डुबेर मृत्यु

काठमाडौँ । स्याङ्जाको ज्याग्दी खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । सोमबार राति माछा मार्न गएका उनीहरुको खालामा डुबेर मृत्यु भएको हो ।  मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर थापा र सोही ठाउँका ४५ वर्षीय निरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।

प्रहरी उपरीक्षक लम्सालका अनुसार सोमबार अपरान्ह चारबजेतिर उनीहरु गाउँ नजिकै रहेको ज्याग्दी खोलामा माछा मार्न गएका थिए ।  सोही क्रममा खोलामा डुबेर मृत्यु भएको हो । घट्ना बेलुकीपख भएपनि आफुहरुले राति करिब ९ बजे खबर पाएको प्रहरी उपरीक्षक लम्सालले बताए । उनीहरुको शब पोष्टमाटम गरेर अहिले आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।   मृतक निरबहादुर आले स्थानीय राम मन्दिर माविका शिक्षक समेत रहेको बुझिएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...