भारतबाट निर्वाध रुपमा भित्रिँदैछ तरकारी

Tarkari india

काठमाडौं । नेपालमा उत्पादित तरकारीले बजार नपाइरहेको अवस्थामा छिमेकी मुलुक भारतबाट भने तरकारी भित्रिरहेको छ ।

लकडाउन अवधिमा नेपाली कृषकको तरकारी बारीमै कुहिएको छ भने भारतबाट आयात रोकिएको छैन । नेपाली उत्पादनले बजार नपाउँदा कृषकहरुको ठूलो लगानी खेर गएको छ ।

लकडाउनका कारण सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको छ । यस्तो अवस्थामा मुलुकभित्रै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो । सामान्य अवस्थामा हुने तरकारी खपतमा स्वदेशी र आयातीत तरकारीको हिस्सा आधा–आधा हुन्छ । तर, अहिले तरकारीको उपभोग घटे पनि आयात घटेको छैन ।

तरकारीबाट पनि कोरोना भाइरसको संक्रमण फैलिने भन्दै कतिपय स्थानीय तहले एक जिल्लाबाट अर्को जिल्लामा तरकारी ढुवानीमा समेत अवरोध गरेका छन् । तर, भारतबाट भने निर्वाध रुपमा तरकारी आयात भइरहेको छ ।

लकडाउन सुरु भएदेखि फलफूल खाद्यन्न, दलहन, दुग्धजन्य पदार्थ आयात भएको छ । नेपालमा उत्पादन हुने करेला, आलु, भन्टा, परबल, सिमी, बोडी, मटर, फर्सी, काउली, बन्दा, काँक्रो, भेडेखुर्सानी, हरियो, खुर्सानी, भिँडी, आँप, स्याउ, अंगुरलगायत तरकारी र फलफूल अहिले बजार नपाएको व्यापारी बताउँछन् ।

भारतबाट आयात भएका तरकारीको विषादी परीक्षणविना नेपाली उपभोक्ताको भान्समा पुग्ने गरेको छ । नेपालको सबैभन्दा ठूलो तरकारी तरकारी बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा परिक्षणका लागि प्रयोगशाला स्थापना गरेको ६ वर्ष भयो । तर अहिले उक्त प्रयोगशाला पनि बिग्रिएको छ ।

एकातिर नेपाली उत्पादन खेर गइरहेको छ भने अर्कोतिर भारतबाट आयात भएको तरकारी स्वास्थ्यका लागि हानिकारक हुन सक्ने जान्दा जान्दै पनि सेवन गर्न बाध्य छन् । यसतर्फ सरकारले कुनै चासो दिएको पाइँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...