आजको मौसमः बदली, वर्षा र चट्याङ्गको सम्भावना

आजको मौसमः बदली, वर्षा र चट्याङ्गको सम्भावना

काठमाडौँ । देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ । तराईका केही क्षेत्रमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै केही ठाउँमा चट्याङ्ग पर्ने सम्भावना पनि छ ।

राति देशका धेरै स्थानमा सामान्य बदली हुने र पूर्वका केही तथा मध्य र पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । पूर्वी तराईका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहेको र पश्चिमी छेउ उत्तर तिर सर्ने क्रम जारी रहेको छ । यस्तै पूर्वी नेपाल नजिक न्यून चापीय प्रणाली बनेकाले त्यसको प्रभाव पूर्व र मध्य क्षेत्रमा पर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...