कोरोना भाइरसको चुनौती सामना गर्न गृहमन्त्रालय सक्रिय

२०२ ६५७८६७८६८

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ प्रकोपले सिर्जना गरेको चुनौती सामाना गर्न गृह मन्त्रालय र मातहतका निकाय सक्रिय भएर लागेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत गृह मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अग्रपङ्क्तिमा रहेर कोभिड–१९ को सङ्क्रमण रोक्न खटिएको जानकारी दिए ।

मन्त्री थापाले भारतबाट आएका नागरिकलाई सुरक्षितरुपमा नेपाल भित्र्याउन र क्वारेन्टिनको व्यवस्थापनमा सुरक्षा कर्मचारीले प्रभावकारीरुपमा काम गरिरहेको उल्लेख गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन क्षमता विकास तथा खोज उद्धार सामग्री खरिद कार्यक्रमलाई यसवर्ष समावेश गरिएको बताए ।

मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि जिल्ला, प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापन समितिले काम गरिहेको बताउँदै उनले सीमा सुरक्षा व्यवस्थापनमा ५०० सुरक्षा चौकी स्थापना गर्ने लक्ष्य रहेकामा आजको मितिसम्ममा १२९ स्थानमा चौकी स्थापना भइसकेको जानकारी दिए ।  अहिले सीमावर्ती क्षेत्रमा झण्डै २३ हजार सशस्त्र प्रहरी सीमा क्षेत्रमा परिचालन गरिएको उनको भनाइ छ ।

मन्त्री थापाले गृह मन्त्रालय र मातहतका निकायलाई प्राप्त स्रोतसाधनको अधिकतम परिचालन गरी शान्ति सुरक्षालाई प्रभावकारी बनाइने प्रतिबद्धतासमेत व्यक्त गरे । सुरक्षा निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम अन्तिम चरणमा रहेको र आवश्यकताअनुसार सुरक्षा इकाइ स्थापना गर्ने तथा आगामी आर्थिक वर्षमा ५५ वटा प्रहरी कार्यालय निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए ।

तेत्तीस किलो सुन प्रकरणका विषयमा ठूला माछा छाडेको भन्ने सांसदको जिज्ञासामा मन्त्री थापाले भने, “गृह मन्त्रालयले माछा समातेको हो, त्यसलाई थुनेर राख्ने जिम्मेवारी अदालतको भएकाले ठूलो र साना माछा छाडेको भन्ने कुरामा न्यायपालिका जिम्मेवार छ ।”

उनले गृहमन्त्रालयले ठूला माछा समातेर नै कारवाहीको दायरामा ल्याएको जिकिर गरे ।  मन्त्री थापाले अपराध नियन्त्रणमा ९५ प्रतिशत प्रहरी सफल भएको बताउँदै क्वारेन्टिनमा बलात्कार भएको भनिएको घटनाको विषयमा आरोपीलाई कानूनको दायरामा ल्याइएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...