हङकङ विमानस्थलमा हजारौँको प्रदर्शन, सोमबारका सबै उडान स्थगित

हङकङ विमानस्थलमा हजारौँको प्रदर्शन, सोमबारका सबै उडान स्थगित

काठमाडौँ । केही सातादेखिको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार हङकङ विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएका छन् । प्रजातन्त्र पक्षधरहरुले विमानस्थलको मुख्य टर्मिनलमै आन्दोलन गर्न थालेपछि सबै उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको आगमन कक्षमा हजारौँको संख्यामा प्रदर्शनकारी भेला भएपछि हङकङ विमानस्थलमा आउने र जाने सबै उडान स्थगित गरिएको हो । हङकङ विमानस्थल संसारकै व्यस्त विमानस्थलहरुमध्यको एक हो  । गएको जुनदेखि हङकङमा नयाँ सुपुर्दगी विधेयकलाई लिएर विरोध प्रदर्शन हुँदै आएको छ । सरकारले विधेयक फिर्ता गरे पनि आन्दोलन भने थामिएको छैन । चीन सरकारले भने हङकङमा पछिल्ला दिनमा आन्दोलन हिंसात्मक भएको बताएको छ । चीन सरकारले हङकङको ‘हिंसात्मक आन्दोलन’लाई आतंककारी गतिविधिको संज्ञा दिएको छ । एजेन्सी 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...