कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइन बसेको एक युवाले गरे आत्महत्या

Aatmahatya

काठमाडौँ । आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएका अर्घाखाँची शितगंगाका एकजनाले आत्महत्या गरेका छन् ।

शितगंगा नगरपालिका ५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ वर्षीय देवबहादुर विकले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले बताए  ।

गत जेठ १० गते भारतबाट घर फर्किएका विकको आरडिटी रिपोर्ट पोजिटिभ आएपछि पीसीआर परीक्षणका लागि जेठ २४ गते स्वाब संकलन गरी पठाइएको भएपनि रिपोर्ट भने आइनसकेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।

गएराती क्वारेन्टाइन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ।
 

प्रतिकृया दिनुहोस