नातिनी उमेरकी छिमेकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा न्यौपाने समातिए

नातिनी उमेरकी छिमेकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा न्यौपाने समातिए

भक्तपुर । नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमीले ५२ वर्षीय तीर्थराज न्यौपानेलाई आज नियन्त्रणमा लिएको हो ।

नातिनी उमेरकी छिमेकी बालिकालाई पटक–पटक दुव्र्यवहार गरेको र पछि जबरजस्ती करणी गरेको उजूरी परेपछि महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरी अनुसन्धान शुरु गरेको नायब उपरीक्षक शान्तिराम कोइरालाले जानकारी दिए । पीडित बालिकाको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको उनले भने । आज म्याद थप गरी आवश्यक अनुसन्धान र कारवाही अगाडि बढाउने प्रहरीको भनाइ छ ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...