चीनमा आँधीबाट मृत्यु हुनेको संख्या २८ पुग्यो, ३२ सय उडान रद्द

बेइजिङ ।  चीनमा टाइफून लेकिमाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । २० जना अझै हराइरहेका छन् । चीनमा शनिबार आएको आँधीबाट झेन्झियाङ प्रान्तका करिब ५० लाख मानिस प्रभावित भएका छन् । करिब १० लाखलाई सुरक्षित स्थानमा लगिएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार मृत्यु हुने अधिकांश वेन्झाउका रहेका छन् । आँधीका कारण ३ हजार २०० उडान रद्द गरिएका छन् । यसरी रद्द गरिएकामा संघाई, बेइजिङ र अन्य सहरका पनि छन् । 

लेकिमाका कारण शनिबार बिहानैदेखि चीनको आर्थिक राजधानी संघाई र ताइवानको बीचमा पर्ने वेनलिङमा भारी वर्षा भएको थियो । सो आँधीलाई  शुरुमा ‘सुपर टाइफुन’ नामाकरण गरिएकोमा पछि यसलाई केही कमजोर हुने ठानिएको थियो । मानिसको ज्यान लिनेगरी पहिरो वेन्झाउमा गएको हो ।  झेन्जियाङबाट उत्तरतर्फ लागेको लेकिमाले २ करोड जनसंख्या भएको संघाईलाई प्रहार गर्ने अनुमान गरिएको थियो । आपतकालीन उद्धारकहरुले बाढीका कारण सडकमा अलपत्र यात्रु था क्षतिग्रस्त घरमा अलपत्र परेका मानिसको उद्धार गरेका थिए । ढलेका रुख र विद्युत् अवरोध जताततै पाइएको छ ।

संघाइ डिस्नील्याण्ड समेत बन्द गरिएको छ । क्षतिग्रस्त क्षेत्र मुख्य रुपमा शहरोन्मुख भूभाग भएको निङ्बो सिटी फायर सर्भिसका उद्धार दल प्रमुख फु सङलियाङले बताएका छन् । सिन्ह्वा समाचार समितिका अनुसार यो वर्ष आएको यो ९औं टाइफुन हो । यद्यपि वर्षौंदेखि देखिएभन्दा यो बढी शक्तिशाली थियो । पहिला यसलाई सबैभन्दा उच्च स्तरको खतराको सूचीमा राखिएकोमा पछि यसलाई एक तह घटाएर ‘ओरेन्ज’ तहको भनिएको बीबीसीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...